
काठमाडौं । एभीएम टेबल टेनिस क्लब र आयोजक स्ट्याग च्याम्पिन्स टेबल टेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियनसिप लिग सिजन –३ को चौथो दिन बुधबार संयुक्त शीर्ष स्थानमा छन् ।
छैटौँ चरणको समाप्तिमा एभीएम र स्ट्यागले समान ५७ –५७ अंक जोडेका छन् । अघिल्लो दिन स्ट्यागले ३८ अंक जोड्दै एकल अग्रता कायम गरेको थियो ।
टप स्पिन टेबल टेनिस गुड्स नेपालले ५२, होप्स टेबल टेनिस एकेडेमीले ४५ तथा यल टेबल टेनिस र खोल्चा पुखु खेलकुद समितिले समान ४३–४३ अंक बटुले ।
त्यस्तै, कीर्तिपुर नगरपालिकाले ४२, भोर्टेक्स नेपाल टेबल टेनिस क्लबले ४०, द ड्रागन्स टेबल टेनिस क्लबले ३६ र ओल्ड हाउस रेस्ट्रोले ३५ अंक जोडेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । त्यसको टुंगो बिहीबार लाग्ने छ ।

























