
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन तोलाको १ लाख ९४ हजार ८ सय रूपैयाँ पुगेको छ । बुधबार १ लाख ९३ हजार ५ सय थियो ।
त्यस्तै, चाँदी प्रतितोला ३५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको २ हजार २ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ । बुधबार प्रतितोला २ हजार २ सय ५५ रूपैयाँ थियो ।

























