झापाका उद्योग वाणिज्य संघसँग व्यापार संघको छलफल

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ५, बिहीबार १९:३७
झापाका उद्योग वाणिज्य संघसँग व्यापार संघको छलफल

विराटनगर । मोरङ उद्योग व्यापार संघको टोलीले झापाका विभिन्न उद्योग वाणिज्य संघहरूसँग भेटघाट र छलफल गरेको छ ।

यस भ्रमणको मुख्य उद्देश्य दुई जिल्लाका उद्योगी –व्यवसायीहरूबीचको सम्बन्धलाई थप सुदृढ गर्नु र साझा समस्याहरूको समाधानका लागि सहकार्य गर्नु रहेको बताइएको छ ।

संघका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल नेतृत्वको टोलीले झापाका ५ वटा प्रमुख उद्योग वाणिज्य संघहरूसँग भेटघाट तथा छलफल गरेको थियो ।

टोलीले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, बिर्तामोड उद्योग वाणिज्य संघ र शिवसतासी उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग भेट गरे ।

भेटघाटका क्रममा संघका अध्यक्ष राठीले सम्बन्धित संघका अध्यक्ष तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै दुई संस्थाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र उद्योग –व्यवसाय क्षेत्रका साझा समस्याहरूलाई समाधान गर्न एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

टोलीमा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, प्रवक्ता दीपेश सुवेदी, आमन्त्रित सदस्य डा. दीपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.