कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदै 

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ६, शुक्रबार ११:२६
कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदै 

विराटनगर । कोशी प्रदेशमा रहेका नव उद्यमी र व्यावसायिक सोच बोकेका युवाका लागि ‘पिचफेस्ट १.०’ नामक स्टार्टअप तथा प्रोटोटाइप पिचिङ प्रतियोगिता हुने भएको छ ।

नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशले आयोजना गर्न लागेको यो प्रतियोगिताले प्रदेशभित्र उद्यमशीलतालाई थप सहज र प्रेरणादायी बनाउने उद्देश्य लिएको छ ।

मञ्चका प्रदेश अध्यक्ष सुशान प्रधानका अनुसार पिचफेस्ट विशेषगरी आफ्नै व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन चाहने तथा व्यावहारिक प्रोटोटाइपसहितको स्टार्टअपमा लागेका व्यक्तिहरूका लागि महत्त्वपूर्ण अवसर हुनेछ । उनले भने, ‘यो कार्यक्रम केवल प्रतिस्पर्धा मात्र होइन, उद्यमशीलतालाई बलियो बनाउन सक्ने साझा मञ्च पनि हो ।’

कसले भाग लिन सक्छ ?
पिचफेस्टमा कोशी प्रदेशमै व्यवसाय गरिरहेका जो कोही पनि सहभागी हुन सक्नेछन् । चाहे कृषि क्षेत्रमा काम गर्ने, घरमै अचार, पोते, केक वा चकलेट उत्पादन गर्ने, वा प्रविधि प्रयोग गरेर स्मार्ट समाधान बनाउने उद्यमी किन नहोस् सबैलाई खुला अवसर दिइएको छ । तर, सहभागी हुने प्रमुख सर्त भनेको कामको ‘वर्किङ प्रोटोटाइप’ हुनु आवश्यक छ । केवल आइडिया मात्र प्रस्तुत गरेर दर्ता गर्न पाइने छैन ।

फाइदा के छ ?
सहभागी उद्यमीहरूले २ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसर त पाउनेछन् । साथै हजारौँ मानिसमाझ आफ्नो व्यवसायलाई चिनाउने अवसर पनि पाउने छन् । छानिएका उद्यमीहरूलाई मञ्चले स्थापना गर्न लागेको ‘इन्क्युबेशन सेन्टर’मा विशेष मार्गदर्शन, कानुनी तथा वित्तीय परामर्श, तालिम, र उद्योगपतिहरूसँग प्रत्यक्ष नेटवर्किङ गर्ने सुविधा उपलब्ध हुनेछ ।

यसरी, पिचफेस्ट उद्यमीलाई व्यवसाय सुरु गर्ने मात्र होइन, सफलतापूर्वक अघि बढाउने जग बसाल्ने प्लेटफर्म बन्ने छ । पिचफेस्टमा भाग लिन कुनै शुल्क लाग्दैन । इच्छुकले वेबसाइटमार्फत आफ्नो तथा व्यवसायसम्बन्धी आधारभूत विवरण भरी सजिलै दर्ता गर्न सक्नेछन् ।

दर्ता भदौ १० गतेसम्म खुला रहने प्रधानले बताए ।फाइनलमा पुग्ने उत्कृष्ट ३ व्यवसायलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानका लागि नगद पुरस्कार प्रदान गरिनेछ । जसका लागि पहिलो हुनेले १ लाख रुपैयाँ, दोस्रोले ५० हजार रुपैयाँ र तेस्रोले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रधानका अनुसार पिचफेस्टलाई अडिसन र फाइनल गरी २ चरणमा सञ्चालन गरिने छ । अडिसन राउन्ड भदौ १४ दर्ता भएका २० व्यवसायमध्ये छनोट गरिएका उद्यमीहरूले आफ्नो व्यवसायको प्रस्तुति दिनेछन् । अंकका आधारमा उत्कृष्ट ८ व्यवसायलाई फाइनलका लागि छनोट गरिने जनाएको छ ।

फाइनल राउन्ड: फाइनलमा पुगेकाहरूलाई एक दिने विशेष तालिम प्रदान गरिनेछ, जसमा स्टेज प्रस्तुति कौशलदेखि पिच डेक तयार गर्ने सम्मका विषय समावेश हुनेछन् ।

फाइनलमा उद्यमीहरूले विज्ञ निर्णायकहरू सामु आफ्नो व्यवसायको कथा र सम्भावना प्रस्तुत गर्नेछन् । यी प्रस्तुति भिडियोमार्फत डिजिटल प्लेटफर्ममा समेत प्रसारण हुनेछ ।

अध्यक्ष प्रधानले भने, ‘हामी उद्यमशीलतालाई प्रतिस्पर्धा मात्र नभई सहकार्य र सिकाइको प्रक्रिया बनाउन चाहन्छौँ । पिचफेस्टले प्रदेशका युवा उद्यमीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएका छौँ ।’

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.