
विराटनगर । भुटानमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू १७ च्याम्पियनसिपमा आइतबार (आज) नेपालले बंगलादेशसँग खेल्दै छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार अपरान्ह ५ ः ४५ मा सुरु हुनेछ । यसअघि नेपालले पहिलो खेल भारतसँग खेलेको थियो ।
जहाँ नेपालले भारतसँग ७–० को फराकिलो हार बेहोरेको थियो ।
आफ्नो दोस्रो खेलमा भने नेपालले आयोजक राष्ट्र भुटानलाई २–१ ले पराजित गरेको थियो । आज नेपाल बंगलादेशलाई हराउने दाउमा छ ।
नेपाल, भुटान, भारत र बंगलादेशको सहभागी रहेको प्रतियोगिता राउन्ड रोबिनको आधारमा भइरहेको छ ।
अब नेपालले अगस्ट २७ मा बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्न छ।

























