
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलाको २ हजार ३ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार मूल्य १ लाख ९५ हजार २ सय थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको २० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी २ हजार ३ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार मूल्य प्रतितोला २ हजार ३ सय ३० रूपैयाँ थियो ।

























