सडकमा निस्किए उखु किसान, घटाएको अनुदान फिर्ता गर्न माग

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ८, आइतबार १४:१८

काठमाडौं । सरकारले दिँदै आएको उखुको प्रतिक्विन्टल अनुदान रकम आधा कटौती गरेपछि तराई–मधेशका उखु किसानहरू आन्दोलनमा उत्रिएका छन् ।

सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान घटाएर ३५ रुपैयाँमा झारेपछि उखु उत्पादक महासंघको नेतृत्वमा किसानहरूले काठमाडौं केन्द्रित प्रदर्शन थालेका हुन् । आइतबार बिहानै गौशालाबाट नारा–जुलुससहित निस्किएका उनीहरू माइतीघर मण्डलातर्फ अघि बढेका थिए ।

महासंघका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसके पनि सरकारले वचन दिएको अनुदान रकम नपाएपछि किसान सडकमा आउन बाध्य भएका हुन् । ‘राज्य आफैंले मूल्य निर्धारण गरेर किसानलाई आश्वासन दिएको हो । तर, अहिले मनोमानी ढंगले पैसा रोकेर हामीलाई पीडित बनाएको छ,’ उनले भने ।

उनका अनुसार आन्दोलनमा कोशीदेखि सुदूरपश्चिमसम्मका किसान सहभागी छन् । सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका करिब ५ सयदेखि ६ सय किसान काठमाडौं पुगेका छन् ।

महासंघले तत्काल ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संयोजक रायले भने, ‘यदि सरकारले माग सम्बोधन गर्छ भने आन्दोलन तत्काल फिर्ता गर्छौं । नत्र ४ दिनपछि अर्को चरणको कार्यक्रम सुरु हुन्छ । जबसम्म माग पूरा हुँदैन । आन्दोलन रोकिने छैन ।’

किसानहरूले माग पूरा नभएसम्म काठमाडौं नछोड्ने र शान्तिपूर्ण तरिकाले प्रदर्शनलाई निरन्तरता दिने घोषणा गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसअघि उखु किसानलाई गत वर्ष सरह प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिन प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

तर, मन्त्रिपरिषदले त्यसलाई अस्वीकृत गर्दै अनुदान घटाएर ३५ रुपैयाँमा सीमित गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए । त्यसबापत सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.