
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १ हजार ५ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन प्रतितोला १ लाख ९८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार मूल्य १ लाख ९७ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको ५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको २ हजार ३ सय ५५ रूपैयाँ थियो ।

























