इजरायली राजदूत र उद्योग संगठन मोरङबीच द्विपक्षीय व्यापार विस्तारमा छलफल

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १७:०७

विराटनगर । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरिक वास र उद्योग संगठन मोरङका पदाधिकारीबीच बिहीबार (आज) विराटनगरमा द्विपक्षीय व्यापार विस्तार र व्यावसायिक सहकार्यका विषयमा छलफल भएको छ ।

छलफलका क्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नेपाल र इजरायलबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्न संयुक्त उद्यम र लगानीका सम्भावना खोज्नुपर्नेमा जोड दिए ।

उनले विशेषगरी इजरायलको प्रविधि, नवप्रवर्तन र आधुनिक कृषि अभ्यासबाट नेपालले लाभ लिन सक्ने बताए । राठीले हरितगृह प्रविधि, बाली व्यवस्थापन र प्रशोधन जस्ता क्षेत्रमा इजरायलसँग ज्ञान आदानप्रदान र तालिम कार्यक्रममार्फत सहकार्य गर्न सकिने धारणा राखे ।

संगठनका उपाध्यक्ष विपिन काबराले दुई देशबीच व्यापार वृद्धि गर्न सिधा हवाई कार्गो सेवा सञ्चालन गर्न पहल गर्नुपर्ने माग गरे ।

यस्तै, कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका संयोजक पारस लुनियाले नेपाल र इजरायलबीच वार्षिक ९ मिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार भए पनि व्यापार सन्तुलन इजरायलको पक्षमा रहेको तथ्यांक प्रस्तुत गरे ।

उनले नेपालबाट गलैँचा, हस्तकला र छालाजन्य वस्तु निर्यात हुने र इजरायलबाट औषधि तथा दूरसञ्चार उपकरण आयात हुने जानकारी दिए ।

कृषि तथा कृषि प्रविधि विशेषज्ञता र सूचना प्रविधिका साथै औद्योगिक क्षेत्रमा सहकार्यका लागि सम्भावनायुक्त कोशी प्रदेशमा संयुक्त पाइलट परियोजनाहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको लुनियाले बताए ।

छलफलमा राजदूत वासले नेपाल र इजरायलबीच सम्बन्धलाई अझ बलियो बनाउन व्यापारिक सम्बन्ध विस्तारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालबाट आयात गर्न सकिने सम्भावित वस्तुबारे थप अध्ययन गर्न आवश्यक रहेको बताए । वासले इजरायलको प्राविधिक विशेषज्ञता र अनुभव नेपालको उत्पादनशीलता वृद्धि, कृषि आधुनिकीकरण र उद्यमशीलता विकासमा सहयोगी हुन सक्ने भन्दै प्रविधि हस्तान्तरणका लागि इजरायल सकारात्मक रहेको स्पष्ट पारे ।

उनले व्यापार र व्यवसाय केबल आर्थिक वृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणका लागि पनि एक महत्वपूर्ण आधार भएको बताए ।

नेपाल र इजरायलबीच दीर्घकालीन सौहार्द्रपूर्ण सम्बन्धलाई अझ मजबुत पार्ने उद्देश्यले व्यापारिक सम्बन्ध विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.