युवा उद्यमीले भेटे इजरायली राजदूत, उद्यमशीलताको विकासमा चासो

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १७:२६
युवा उद्यमीले भेटे इजरायली राजदूत, उद्यमशीलताको विकासमा चासो

विराटनगर, १२ भदौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरिसँग भेट गरेको छ ।

विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देल, पूर्व अध्यक्ष सृजन प्याकुरेल लगायतका पदाधिकारीको टोलीले राजदूत एरिसँग बिहीबार विराटनगरमा भेटघाट गरेका हुन् ।

राजदूतसँगको भेटमा मञ्चको टोलीले इजरायलका युवा उद्यमीसँगको सहकार्य, नेपालमा उद्यमशीलताको विकासमा प्रविधिको भूमिका तथा यसको उपयोगबारे राजदूतसँग जिज्ञासा राखेका थिए ।

सो अवसरमा राजदूत एरिले मञ्चको टोलीलाई धन्यवाद दिँदै नेपाल –इजरायल सम्बन्धलाई अझ प्रगाढ बनाउन सकारात्मक पहल गर्ने बताएको विराटनगर च्याप्टरका लर्निंग चेयर सागरराज ढुंगानाले जानकारी दिए ।

राजदूतसँगको भेटले दुवै पक्षबीच आगामी दिनमा उद्यमशीलता, प्रविधि र नवप्रवर्तन (इनोभेसन) का क्षेत्रमा सहकार्य गर्ने सम्भावना बढ्ने मञ्चको विश्वास रहेको ढुंगानाले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.