
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य तोलाको २ लाख नाघेको छ । प्रतितोला १ हजार २ सय रूपैयाँ बढेर मूल्य २ लाख ६ सय रूपैयाँ कायम भएको हो । बिहीबार तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै, चादीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५ रूपैयाँले बढेर मूल्य २ हजार ३ सय ६० रूपैयाँ कायम भएको छ । बिहीबार २ हजार ३ सय ५५ रूपैयाँ थियो ।

























