विराटनगरमा वातावरण र सामाजिक सुशासनबारे अन्तरक्रिया सम्पन्न

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १६, सोमबार १६:५२
विराटनगरमा वातावरण र सामाजिक सुशासनबारे अन्तरक्रिया सम्पन्न

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, आईएफसी र युरोपियन युनियनको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा ‘वातावरण र सामाजिक सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले वातावरणीय प्रभाव, सामाजिक उत्तरदायित्व र सुशासन अब व्यवसाय मूल्यांकनका मुख्य आधार बन्दै गएको उल्लेख गर्दै यस्तो अभ्यासले कोशी प्रदेशलाई मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने बताए ।

उनले प्रदेशका साना–मझौला उद्योग प्रवर्द्धनका लागि महासंघले ढाका कपडा उत्सव, महिला उद्यमी क्षमता विकास, ग्रामीण उत्पादन ब्रान्डिङ र रैथाने उत्पादन प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

सो अवसरमा आईएफसीका यजस्वी श्रेष्ठले संस्थाको परिचय तथा नेपालमा सञ्चालित कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, लोपा रहमान र सोफिया टामोटले व्यावसायिक सुशासन, वातावरणीय चुनौती र यसको महत्वबारे प्रस्तुति गरेका थिए ।

मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले उद्योगहरूमाथि लागू हुने मापदण्डबारे प्रश्न उठाए भने ग्रिन यार्ड एग्रो फार्मका संचालक गिरिराज बस्नेतले कृषि क्षेत्रमा देखिने वातावरणीय जोखिमबारे अनुभव सुनाए ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योगी–व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.