व्यावसायिक स्थल सुरक्षार्थ सम्बन्धी कार्यशाला सम्पन्न

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १७, मंगलबार १०:२३
व्यावसायिक स्थल सुरक्षार्थ सम्बन्धी कार्यशाला सम्पन्न

विराटनगर । व्यावसायिक स्थलहरूको अग्नि सुरक्षा तथा बिमा नीति विषयक कार्यशाला विराटनगरमा सम्पन्न भएको छ ।

मोरङ उद्योग व्यापार संघले ‘सुरक्षित कार्यस्थल, सुरक्षित भविष्य’ भन्ने नारासहित आयोजना गरेकाे कार्यक्रममा उद्योगी तथा व्यवसायीलाई आफ्नो व्यावसायिक स्थलको अग्नि जोखिम व्यवस्थापन र सुरक्षात्मक बिमा नीतिबारे विज्ञहरूले जानकारी दिएका थिए।

संघका कार्यसमिति सदस्य तथा बिमा–वित्तीय समन्वय समितिका संयोजक अमित राठीको संयोजकत्वमा भएको कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीले सभापतित्व गरेका थिए ।

नेपाल बिमा प्राधिकरण कोशी प्रदेशकी प्रमुख प्रीति देवलगायतको उपस्थिति रहेको कार्यक्रममा अग्नि जोखिम व्यवस्थापन विज्ञ मनोज खत्री र बिमा विज्ञ प्रज्ज्वल आचार्यले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष राठीले कार्यस्थलमा सुरक्षात्मक विधि अपनाउनाले मानव जीवन, सम्पत्ति र व्यवसायलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भवन, मेसिन, कच्चा पदार्थ, तयार वस्तु, कर्मचारी, आगन्तुक तथा ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्नु प्रत्येक उद्योगी व्यवसायीको दायित्व भएको स्पष्ट पारे ।

संयोजक राठीले व्यावसायिक स्थलमा सुरक्षित वातावरण भए उत्पादकत्व र आत्मविश्वास बढाउने भएकाले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूले अपनाउन सक्ने सुरक्षा विधि र उपकरणबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

सहजकर्ता खत्री र आचार्यले सहभागीहरूलाई अग्नि जोखिम व्यवस्थापनका विधि, बिमा नीति, उपयोगी सुरक्षा उपकरण तथा यन्त्रबारे सैद्धान्तिक तथा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.