
विराटनगर । यामाहा कम्पनीको २ वटा नयाँ मोडलका मोटरसाइकल विराटनगरमा सार्वजनिक गरिएको छ ।
यामाहा कम्पनीको विराटनगरका लागि बिक्रेता तिरुपति अटो प्यालेसले एक कार्यक्रमको आयोजना गर्दै नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुँडाल र तिरुपति अटो प्यालेस प्रालिका ईश्वरी पराजुलीले संयुक्त रुपमा नयाँ मोडलका २ वटा मोटरसाइकल सार्वजनिक गरेका हुन् ।
स्टाइल, परफर्मेन्स र इनोभेसनका प्रतीकका रूपमा चिनिएको यामाहा ब्रान्डले नयाँ आकर्षक एमटी १५ भीटु र एफजेट भी थ्री डीएलएक्स मोडलका मोटरसाइकल बिक्रीवितरणका लागि सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
तिरुपति अटो प्यालेसका कार्यकारी निर्देशक नयन पराजुलीले यामाहाको नयाँ मोडलका मोटरसाइकलमा स्टाइलिस डिजाइन दिइएको हुँदा युवा पुस्ताले मन पराउने बताए ।
उनले यामाहाको नयाँ भेरियन्ट्समार्फत नेपालका बाइक राइडरहरूलाई थप उत्साह थप्ने बताए ।
नयाँ भेरियन्टको मोटरसाइकलमा माइलेज, पावरसँगै स्टाइलिस रहेको र एफआइ प्रविधिलगायतका अन्य धेरै प्रकार सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।

























