
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज (बुधबार) नयाँ रेकर्ड कायम भएको छ । सुनको भाउले दैनिक रेकर्ड कायम गरिरहेको हो ।
सुन हालसम्मकै महँगो भएको छ । प्रतितोला २ हजार रूपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महसांघले जनाएको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ७ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार मूल्य तोलाको २ लाख ५ हजार ९ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । चाँदीमा तोलाको ५ रूपैयाँले भाउ घटेको हो । मूल्य घटेसँगै प्रतितोला २ हजार ४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार २ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको हो । जसका कारण सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

























