
विराटनगर । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।
बुधबार प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मूल्य पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८० रुपैयाँ कायम भएको थियो ।

























