एनपीएल ट्रफी टुर विराटनगरमा शनिबार हुँदै 

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २०, शुक्रबार १६:२१

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर कोशी प्रदेशबाट सुरु हुने भएको छ।

विराटनगर किंग्सको सह आयोजनामा भदौ २१ देखि २३ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा ट्रफी टुर कार्यक्रम रहेको बताइएको छ ।

भदौ २१ गते ट्रफी विराटनगर विमानस्थलमा अवतरणपछि दिउँसो १२ बजे सिद्धार्थ बैंक लिमिटेडमा ट्रफी प्रदर्शनी गरिने छ । त्यसपछि दिउँसो १ बजेदेखि विराटनगरको महेन्द्र चौक, बरगाछी, कञ्चनबारी, ठुलो मिल, तीनपैनी हुँदै विराटनगर बजार परिक्रमा गर्दै संसारिमाईस्थानमा प्रार्थना–पूजाको कार्यक्रम रहेको छ ।

त्यसपछि बेलुकी ५ बजे जैन भवनमा विशेष कन्सर्ट आयोजना हुनेछ, जसमा युवामाझ लोकप्रिय गायक नितेशजंग कुँवरको प्रस्तुति रहनेछ ।

एनपीएल ट्रफी टुरका क्रममा कोशी प्रदेशका विभिन्न सहरमा समेत ट्रफी प्रदर्शन र साँगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.