
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको १ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार २ लाख १५ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलाको ५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ५ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार २ हजार ५ सय ७० रूपैयाँ थियो ।

























