निजी क्षेत्रको सुरक्षा सुनिश्चिततामा जोड

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ४, शनिबार २१:४१

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष भीम घिमिरेले युवाहरूले भ्रष्टाचारविरुद्ध गरेको शान्तिपूर्ण आन्दोलनलाई पूर्ण समर्थन रहेकाे बताएका छन् । उनले भविष्यमासमेत  सकारात्मक अभियानप्रति आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन् । उनले निजी क्षेत्रका सम्पत्तिमाथि भएको तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गरेका छन् ।

गत भदाैं २३ र २४ गते युवाहरूले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनले असल र उच्च उद्देश्य बोकेको घिमिरेले बताए ।

आन्दोलनका क्रममा निजी तथा सार्वजनिक आक्रमण, तोडफोड र आगजनी प्रति उनले दु:ख व्यक्त गरे ।

“निजी क्षेत्र केवल व्यवसायहरूको समूह मात्र होइन; यो राष्ट्रको विकासको मेरुदण्ड हो,” घिमिरेले भने,’निजी क्षेत्रले लगानी गर्छ, राजस्व सिर्जना गर्छ, रोजगारी दिन्छ, आवश्यक वस्तु र सेवा उत्पादन गर्छ र आत्मनिर्भर नेपालको सपना अगाडि बढाउँछ ।’

अर्थतन्त्रलाई बलियो बनाउने यस्ता संस्थामाथि आक्रमण गर्नु राष्ट्रकै लागि हानि भएको उनको भनाइ छ ।

आन्दोलनको नाममा क्षति, त्रास वा हिंसा मच्चाउने व्यक्ति र समूहलाई छानबिन गरी कानूनी कारबाही गर्न उनले माग गरे ।

उनले विनाशकारी घटना नरोकिए उद्योगी पलायन हुन सक्ने, पूँजी बाहिरिन सक्ने चिन्ता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.