
काठमाडौं । नेपाली क्रिकेट टोलीले यूएईको भिसा पाएको छ । भिसा पाएसँगै सोमबार यूएई प्रस्थान गर्ने तयारी गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यसअघि नेपालमा जेनजी आन्दोलनको क्रममा जेलबाट हजारौं कैदी छुटेका कारण यूएईले नेपाली नागरिकलाई भिसा जारी गर्न रोक लगाएको थियो । खेलाडीहरूले केही दिनअघि भिसाका लागि आवेदन दिएका थिए ।
नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी०)ग पहल गरेको थियो । नेपाली टोलीले वेस्ट इन्डिजसँगको तीनवटा टी–२० म्याच खेल्नेछ ।
खेलहरु २७, २९ र ३० सेप्टेम्बरमा शारजाह क्रिकेट रंगशालामा हुनेछ । क्यानले रंगशाला बुक गरी टिकट बिक्री अनलाइनमार्फत सुरू गरेको छ ।
प्रतियोगिताको सम्पूर्ण खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघले नै बहन गर्नेछ । यससँगै नेपाली टोलीले वेस्ट इन्डिजसँगको श्रृंखला खेल्न तयारी पूरा गरेको छ ।


























