मोरङ प्रशासनलाई उद्योगी राउतले दिए १० वटा कम्प्युटर

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ५, आइतबार १७:३६

विराटनगर । प्रतिष्ठित उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जिल्ला प्रशासन कार्यालय मोरङलाई १० वटा कम्प्युटर सहयोग गरेका छन् ।

जेनजी आन्दोलनको नाममा अराजक समूहले भदौ २४ गते आगजनी र तोडफोड गरेर प्रशासन कार्यालय ध्वस्त पारेको थियो । आगजनी र तोडफोडसँगै कार्यालयको सेवा प्रभावित भएको छ । आगोले महत्वपूर्ण कागजातसहित सामग्रीहरु पूर्णरूपमा जलेर खरानी भएका थिए ।

प्रशासनको सेवा प्रभावित भएका बेला महासंघका अध्यक्ष राउतले १० थान कम्प्युटर उपलब्ध गराएका हुन् । सेवा सञ्चालनमा सहजता होस् भनेर कम्प्युटर सहयोग गरेको उनको भनाइ छ ।

उद्योगी राउतले उपलब्ध गराएको कम्प्युटर महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेका छन् । त्यस्तै, आगलागीका कारण ध्वस्त भएको प्रशासनको भवनमा रंगरोगनका लागि एसियन पेन्ट्सले ३ सय लिटर रंग उपलब्ध गराएको छ ।

उक्त रंग प्रयोग गर्ने खर्च समेत महासंघले बेहोर्ने भण्डारीले बताए । जिल्ला प्रशासन भवन क्षतिग्रस्त भएपछि सेवाग्राहीलाई आवश्यक आधारभूत सेवा दिन कठिनाइ भइरहेको अवस्थामा प्राप्त सहयोगले कार्यालय सञ्चालन सहज हुने प्रजिअ यादवले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.