
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । केही समययता सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मूल्य सोमबार ७ सय रूपैयाँले बढेको हो ।
भाउ बढेसँगै सुन प्रतितोला २ लाख १७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको २ लाख १७ हजार १ सय रूपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलाको ३० रूपैयाँले बढेको छ । आइतबार प्रतितोला २ हजार ६ सय २० रूपैयाँमा किनबेच भएको चाँदीको मूल्य सोमबार २ हजार ६ सय ५० रूपैयाँ पुगेको छ ।

























