
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्यमा समान्य गिरावट आउँदा चाँदीको पनि भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला ४ सय रूपैयाँले गिरावट आएको हो । भाउ घटेसँगै सुन तोलाको २ लाख २१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रूपैयाँ छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले घटेको छ । महासंघका अनुसार भाउ घटेसँगै चाँदी २ हजार ६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको २ हजार ७ सय रूपैयामा किनबेच भएको थियो ।

























