
काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते तोलामा २ लाख १६ हजार रुपैयाँ थियो । असोज १० गते शुक्रबार २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो ।
असोज ८ गते गते हालसम्मकै उच्च अदालत २ लाख २३ हजार रुपैयाँसम्म सुनको मूल्य पुगेको थियो ।
असोज ५ गते २ लाख १७ हजार १००, ६ गते २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार हुँदा ७ गते २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो । ९ गते २ लाख २१ हजार ३०० कायम हुँदा शुक्रबार २ लाख २२ हजार ५०० रुपैयाँ पुगेर साताको कारोबार सकिएको थियो ।
असोज ३ गते तोलामा २ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार हालसम्मकै उच्च २ हजार ७४० रुपैयाँ कायम भयो । यो साता चाँदीको मूल्य १६० रुपैयाँ बढेको छ ।

























