बुढीगंगा सुकचर च्यालेन्जकपकाे सेमिफाइनलमा पूर्वाञ्चल युनाइटेड 

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ११, शनिबार १९:५५
बुढीगंगा सुकचर च्यालेन्जकपकाे सेमिफाइनलमा पूर्वाञ्चल युनाइटेड 

विराटनगर । मोरङको बुढीगंगामा जारी ५ औँ बुढीगंगा सुकचर च्यालेन्जकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सुन्दरहरैँचाको पूर्वाञ्चल युनाइटेड क्लब पुगेको छ ।

बुढीगंगा–६ को नव युवा क्लब सुकचर ११ ले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा पूर्वाञ्चलले विराटनगरको विराटनगर सिटी फुटबल क्लबलाई १–० गोल अन्तरमा पराजित गर्दै अन्तिम चारका स्थान पक्का गरेको हो ।

खेलको ३६ औँ मिनेटमा पूर्वाञ्चलका बबिन बोहराले टोलीका लागि गरेको गोल नै निर्णायक बन्यो । खेलको  प्लेयर अफ  द  म्याच पूर्वाञ्चलका बबिन बोहराले नगर २ हजार १ सय रुपैयाँका साथ मेडल प्राप्त गरे ।

असोज १८ गतेसम्म हुने प्रतियोगितामा उदयपुरको मलिथम एफसी, झापाको चुलाचुली स्पोर्टिङ क्लब, सुनसरी रामधुनीको पंचायन एफसी, इटहरीको तालतलैया एफसी, मोरङको केराबारी एफसी, सुन्दरहरैँचाको पूर्वाञ्चल युनाइटेड क्लब, विराटनगर सिटी एफसी र आयोजक नव युवा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्ने छन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले  नगद ५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले जनही ३ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत आइतबारको खेल सुनसरीको पंचायन फुटबल  क्लब र मोरङको केराबारी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.