
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रति तोला २ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ थियो ।
आज चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।
प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

























