कराँतेमा स्वर्ण पदक विजेता एरिकालाई सम्मान

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २४, शुक्रबार १९:५०
कराँतेमा स्वर्ण पदक विजेता एरिकालाई सम्मान

काठमाडमौं । नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।

विश्व कराँते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराँते वान सिरिज  ‘ए’ मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

एरिकाले कुमिते ६८ केजीमाथिको स्पर्धामा ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् ।

सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारेकी थिइन् ।
कराँते वान सिरिज  ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन् ।

यसैगरी, विश्व कराँते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराँते महासंघको आयोजनामा असोज ३१ देखि मिति २०८२ कात्तिक २ गतेसम्म पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पियनसिप छनोट चरणमा सहभागिता जनाउने स्वनिम मानन्धर, सविना श्रेष्ठलाई बिदाइ गरिएको छ ।

प्रतियोगितामा सविनाले महिला ५५ केजीमुनि तथा स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय टिमका प्रशिक्षक मन्दे काजी श्रेष्ठले जानकारी दिए ।

उनीहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले सम्मान, बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना दिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.