राष्ट्रसेवक सहकारीबाट पत्रकारसहित ३ जना पुरस्कृत  

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार २१:०३
राष्ट्रसेवक सहकारीबाट पत्रकारसहित ३ जनालाई पुरस्कृत  

विराटनगर । विराटनगरमा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २७ औँ साधारण सभाका अवसरमा एक पत्रकारसहित तीन जनालाई पुरस्कृत गरिएको छ ।

शनिबार विराटनगरमा भएको साधारण सभामा ११ हजार रुपैयाँ राशिको हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ । किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी संगठनकी पूर्वउपाध्यक्ष इन्दिरा रिजाल (काठमाण्डौं) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि १५ हजार रहेको छ ।

त्यस्तै, दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि ११ हजार रहेको छ ।  सहकारीले ७५ वर्षमाथिका ज्येष्ठ सदस्य तथा कक्षा १२ र एसइईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।

उनीहरूलाई निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष भवानी दाहाल, संस्थाका अध्यक्ष जीवन काफ्ले, दाता परिवारका सदस्यलगायतले सम्मान गरेका थिए ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको कुल सम्पत्ति दायित्व ५७ करोड ३८ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८० / ०८१ मा ४८ करोड ४ लाख थियो । आर्थिक वर्ष ०८१ / ०८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए ।

साधारण सभाको अवसरमा चालु आर्थिक वर्ष २०८२ / ०८३ मा यसलाई वृद्धि गरेर ६३ करोड ९० लाख १७ हजार ३०२ पुर्‍याइने लक्ष्य रहेको उनले बताए ।

संस्थाले गत आर्थिक वर्ष २०८१ / ०८२ मा कुल आम्दानी ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ गरेको छ । वार्षिक लक्ष्यको ९४ प्रतिशत आम्दानी भएको अध्यक्ष काफ्लेले बताए ।

सहकारीको निक्षेप ४४ करोड ४३ लाख ११ हजार ७०८ रुपैयाँ ७३ पैसा रहेको छ । ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैयाँ रहेको छ । सहकारीको कोष हिसाब ४ करोड ९९ लाख ७२ हजार ४३ रुपैयाँ ३१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले ५ करोड १४ लाख ३५ हजार ५६९ रुपैयाँ ४६ पैसा कुल आम्दानी गरेकोमा ४ करोड ९२ लाख २३ हजार ९६७ रुपैयाँ ७६ पैसा खर्च गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.