
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ हजार रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ३८ हजार रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको २ लाख ३५ हजार रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य तोलाको ३ हजार १ सय २५ रूपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

























