खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २७, सोमबार १९:१०
खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ ।

मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराँते, बक्सिङ र भलिबल बाहेक क्रिकेट र फुटबल गरी ८ खेलका ५८ खेलाडीको परीक्षण गरी प्रतिवेदन बुझाइएको छ ।

केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई सोमबार प्रतिवेदन हस्तान्तरण गरे ।

प्रतिवेदन हस्तान्रण गर्नुअघि प्रमुख अधिकारीले सदस्यसचिव घिसिङ, राष्ट्रिय टिम तयारीका प्रतिनिधि, सम्बन्धित खेलका प्रशिक्षकलगायतको उपस्थितिमा खेलाडीमा देखिएका सुधारका पक्ष, राम्रो पक्षलगायतका विषयमा जानकारी गराएका थिए । प्रमुख अधिकारीले बाँकी खेलाडीको पनि परीक्षण गर्ने बताए ।

सदस्यसचिव घिसिङले विगतको परम्परागत शैलीको प्रशिक्षण विधिको अन्त्य गर्ने उद्देश्यले परिषद्ले अनुसन्धान केन्द्र र हाई पर्फमेन्स सेन्टरको स्थापना गरेको बताउँदै हाल खेलाडीको क्षमता पहिचान गर्ने उपयुक्त साधन परिषद्सँग भएकाले यसको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने मिसन–२०२६ को लक्ष्य पूरा गर्ने बेला आएको बताउँदै सबै गम्भीर भएर अगाडि बढ्नु पर्ने बताए । उनले यो कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.