विराटनगरबाट १० लाख बढीको तस्करीका सामान बरामद

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २८, मंगलबार १८:५४

विराटनगर । विराटनगरबाट मंगलबार १० लाख रूपैयाँ बढीको तस्करीका सामान बरामद भएको छ । बेवारिसे अवस्थामा लत्ताकपडा र किराना सामान फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार विराटनगर महानगरपालिका–७ बाट १० लाख ११ हजार ९ सय ४० रूपैयाँ बराबरको सामान बरामद गरिएको हो । ९ लाख ५७ हजार ६ सय रूपैयाँ बराबरका कपडा र ५४ हजार ३ सय ४० रूपैयाँ बराबरका किराना सामान रहेको उनले बताइन् ।

कपडा र सामान कसको हो भनेर यकिन हुन सकेको छैन । भारतबाट तस्करी गरेर ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि सामान छाडेर तस्करीमा संलग्नहरु फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बरामद गरिएको कपडा र किराना सामान आवश्यक कारबाहीका लागि प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । चाडपर्वका बेलामा तस्करी बढ्न सक्ने सम्भावना रहेको बताउँदै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको जानकारी दिए ।

सशस्त्र प्रहरी, भन्सारलगायतका निकायसँग समन्वय गरेर सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनको भनाइ छ । तिहार नजिकिएसँगै सीमा क्षेत्रमा तस्करी बढ्न सक्ने देखेर सुरक्षा सतर्कता बढाइएको कटवालले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.