साउन-भदौमा भित्रियो ३ खर्ब ५२ अर्ब ८ करोड रेमिट्यान्स

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार ०९:२६

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा रेमिट्यान्समार्फत ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३३.१ प्रतिशतले बढी हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो, जसले यस वर्षको वृद्धिदर निकै उच्च रहेको देखाउँछ।

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले मात्र बढेको थियो।

भदौ महिनामा मात्रै मुलुकमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको भदौमा १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।

यसअघि गत असारमा हालसम्मकै सबैभन्दा धेरै १ खर्ब ८९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। पछिल्लो दुई वर्षयता हरेक महिना खर्बभन्दा बढी रेमिट्यान्स भित्रिने क्रम जारी छ।

अर्थविद्हरूका अनुसार, पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा वृद्धि हुनु र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकहरूको अर्थतन्त्रमा सुधार आउनु रेमिट्यान्स लगातार बढ्नुको मुख्य कारण हो।

चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा पनि वृद्धि भएको छ। अन्तिम श्रम स्वीकृति (नयाँ): ९० हजार १ सय ९८ जनाले लिएका छन्। गत वर्ष यही अवधिमा ७६ हजार ४ सय ८५ जनाले लिएका थिए।

पुनः श्रम स्वीकृति: ४५ हजार ८ सय ८४ जनाले लिएका छन्। गत वर्ष यही अवधिमा ४० हजार ५ सय ८३ जनाले लिएका थिए। श्रम स्वीकृति लिनेको सङ्ख्यामा भएको यो वृद्धिले आगामी दिनमा पनि रेमिट्यान्स आप्रवाह उच्च रहने सङ्केत गर्दछ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.