बिजुली महसुल विवाद: उद्योगीले प्रधानमन्त्रीलाई भने- ‘कुनै बक्यौता छैन’

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३१, शुक्रबार १५:२८

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणसँगको ‘डेडिकेटेड तथा ट्रंकलाइन’ बिजुलीको बक्यौता विवादमा उद्योगीहरूले आफूहरूको कुनै पनि रकम तिर्न बाँकी नरहेको दाबी गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र पठाएका छन्।

शुक्रबार प्रधानमन्त्रीलाई पठाएको पत्रमा उद्योगीहरूले आफूहरूले उद्योगमा खपत भएको बिजुलीबापतको सम्पूर्ण रकम तिरिसकेको जानकारी गराएका छन्।

उद्योगहरूले हजारौँलाई रोजगारी दिएको र अर्बौं रुपैयाँ राजश्व दाखिला गर्दै आएको उल्लेख गरेका छन्। साथै, उनीहरूले नेपाल विद्युत् प्राधिकरणको बिजुली उपभोग गरेबापत मासिक करोडौँ रकम महसुल नियमित रूपमा तिरिरहेको बताएका छन्।

पत्रमा स्पष्ट भनिएको छ, ‘हाम्रो उद्य‍ोगमा खपत भएको विद्युत्‌बापत प्राधिकरणबाट जारी विजकको सम्पूर्ण रकम तिरिसकेका छौं। अब कुनै बक्यौता राखेका छैनौं’ यो पत्रमार्फत उद्योगीहरूले लामो समयदेखि चल्दै आएको डेडिकेटेड लाइनको बक्यौता विवादमा आफूहरूको पक्षमा सफाई दिएका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.