
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । केही समयदेखि निरन्तर बढिरहेको सुनचाँदीको भाउ आइतबार घटेको हो ।
सुन तोलाको ४ हजार ८ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रूपैयाँ कायम भएको छ । यसअघि शुक्रबार तोलाको २ लाख ५८ हजार रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलाको ७५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ३ हजार २ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको ३ हजार ३ सय ५० रूपैयाँ थियो ।

























