टस जितेर अमेरिकाविरुद्ध नेपाल फिल्डिङमा

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार ११:४३

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत सुरु हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। युएईको दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुँदैछ, जहाँ अमेरिका केही बेरमा ब्याटिङका लागि मैदान उत्रिनेछ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेका थिए। नेपालले लिग–२ को चौथो चरण पूरा गर्दा अंक तालिकामा युएईभन्दा मात्र अगाडि रहेकोले यो सिरिज जित्नै पर्ने दबाबपूर्ण स्थिति रहेको छ। नेपाल यस सिरिजमा आत्मविश्वासी हुँदै अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा छ। टी–२० विश्वकप छनोटमा च्याम्पियन बनेर आत्मविश्वासी बनेको नेपाल करिब पाँच महिनापछि एकदिवसीय खेलमा मैदानमा उत्रिएपछि सबैको ध्यान आकर्षित भएको छ।

नेपालले लिग–२ अन्तर्गत गत जुनमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम एकदिवसीय खेल खेलेको थियो। चार चरणको लिग–२ मा नेपालले १६ खेल खेल्दै १२ अंकसहित सातौँ स्थानमा छ। अमेरिकाले भने जारी सिरिजमा २० खेलमा २८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ र नेपालविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा पुग्ने प्रयास गर्नेछ।

यी दुई टोलीबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ९ खेल भएका छन्, जसमा दुवै टोलीले समान ३–३ खेल आफ्नो पक्षमा पारेका छन्, एक खेल भने बिना नतिजा टुंगिएको छ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्रसिंह ऐरी, भीम सार्की, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.