शनिबारदेखि दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार १५:०२

विराटनगर । मोरङको पथरीशनिश्चरेमा दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

पथरी–११ फुटबल क्लबले यहीँ शनिबारदेखि गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गर्नुका साथै खेल तालिका समेत सार्वजनिक भइसकेको क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए ।

उनका अनुसार कात्तिक १५ देखि २२ गतेसम्म हुने प्रतियोगितामा आयोजक टोलीसहित नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब, काठमाडौंको संकटा क्लब, एनआरटी फुटबल क्लब, ललितपुरको बिग्रेड ब्वाइज क्लब, पाँचथर क्लब फिदिम, झापाको झापा ११ फुटबल क्लब, भारत सिलिगुडीको कञ्चनजंघा फुटबल क्लब र आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्‌घाटन खेलमा सलहेश युवा क्लब र कञ्नजंगाबीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो खेलमा आयोजक टोली र ब्रिगेड ब्वाइज क्लब, तेस्रो खेलमा संकटा क्लब काठमाडौं र पाँचथर क्लब फिदिमबीच हुनेछ ।

त्यस्तै, चौथो खेल एनआरटी फुटबल क्लब र झापा–११ फुटबल क्लबबीच हुनेछ भने कात्तिक १९ र २० गते सेमिफाइनल र २२ गते उपाधिका लागि फाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।  साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र सर्वाधिक गोलकर्ता पनि पुरस्कृत हुनेछन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.