
काठमाडौँ । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले दिएको जानकारी अनुसार फागुन २० गते रिक्त हुन लागेका १९ जना सदस्यको स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको हो ।

























