निजी संस्थाका नर्सको आन्दोलनमा सरकारी नर्सको ऐक्यबद्धता

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार १७:५६

काठमाडौँ । निजी अस्पतालका नर्सहरूको उचित पारिश्रमिकको मागसहितको आन्दोलनमा सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन् । पोखराको पश्चिमाञ्चल अस्पतालका नर्सहरूले बुधबार बिहान १० देखि १२ बजेसम्म आपत्कालीन र आईसीयू बाहेकका सेवा रोकेर प्रदर्शन गरेका छन्। सरकारी दररेटअनुसार तलब, श्रम शोषण अन्त्य र तलब वृद्धिको माग गर्दै उनीहरूले अस्पताल परिसरमै नारा लगाएका थिए ।

पोखराको मणिपाल शिक्षण अस्पतालबाट भएको थियो र अहिले देशव्यापी बनेको छ। प्रभावित क्षेत्र: पोखराका मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पतालमा सेवा पूर्ण प्रभावित भएको छ भने सरकारी अस्पतालमा पनि समस्या सुरु भएको छ।

नेपाल नर्सिङ सङ्घले आन्दोलनको नेतृत्व लिँदै सरकारलाई कात्तिक १८ गतेभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ। दैनिक कार्यतालिका: सङ्घको निर्णयअनुसार हाल दैनिक बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द राखिएको छ।

निजी अस्पताल र मेडिकल कलेज सञ्चालकहरूले स्वास्थ्य मन्त्रालयले तोकेको तलब दिन नसक्ने बताइरहेका छन्। निजी अस्पतालहरूको छाता संस्था ‘अफिन गण्डकी’ ले पत्रकार सम्मेलन गरेर श्रम ऐन कार्यान्वयन गरिरहेको तर स्वास्थ्य मन्त्रालयले पठाएको परिपत्र स्विकार्न नसकिने प्रतिक्रिया दिएको थियो। स्वास्थ्य मन्त्रालयले न्यूनतम नासु सरहको तलब दिन भन्दै अस्पतालहरूमा परिपत्र पठाएको थियो।

नर्सहरूको मागबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। समितिले सातै प्रदेशमा कार्यदल बनाएर अवस्थाको मूल्याङ्कन र दीर्घकालीन समाधानको सिफारिससहित प्रतिवेदन पेस गर्ने तयारी गरेको बताइएको छ। नर्सिङ सङ्घले कात्तिक १८ गतेभित्र पनि माग सम्बोधन नभए देशभरका नर्सले सेवा पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.