
विराटनगर । बंङ्गालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको प्रभावले पूर्वी नेपालमा प्रभाव पार्ने देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागको आग्रहपछि कोशी प्रदेश सरकारले सतर्कता अपनाएको बताएको छ ।
कोशी प्रदेश सरकारले विपद् प्रतिकार्यका लागि जिल्लास्थित संयन्त्रहरू र सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरेको बताए । जल तथा मौसम विज्ञान विभागले कात्तिक १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म वर्षा र हिपात हुने अनुमान गरेको छ ।

























