
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। उनले तीन दिन अगाडि राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले पनि राजीनामा दिएको पुष्टि गरे। ‘के कारण भनेर पछि खुलाउँला। तर, उहाँले राजीनामा दिइसक्नु भएको छ,’ उनले भने ।
अस्ट्रेलियन प्रशिक्षक रस गत फागुनमा मात्रै मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । उनीसँग एन्फाले १ वर्षको सम्झौता गरेको थियो । उनको प्रशिक्षणमा नेपाली टोलीले ७ अन्तर्राष्ट्रिय खेल जितेको थियो । त्यसमा एक मात्र जित हात परेको थियो। २ बराबरी र ४ खेलमा हार बेहोरेको थियो ।

























