युएईसँग नेपाल पराजित 

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १३, बिहीबार १९:२९
युएईसँग नेपाल पराजित 

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा युएईसँग नेपाल पराजित भएको छ । प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा युएईसँग नेपाल ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २३४ रनको लक्ष्यलाई युएईले ४३ ओभर ३ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । यसअघि टस जितेर कप्तान रोहित पौडेलको शतकको मद्दतले नेपालले ५० ओभर खेल्दै १० विकेट गुमाएर २३३ रन जोडेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको युएईका ओपनर ब्याटर आर्यान्स शर्माले सर्वाधिक ९८ रन जोड्दा अर्का ओपनर अलिशान सराफूले ४५ रन जोडे । यस्तै, मोहम्मद वासिमले २६ रनको योगदान गरे ।

नेपालका लागि सबै जसो बलर निष्प्रभावी रहे । सन्दीप लामिछानेले २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र करन केसीले १–१ विकेट लिए ।

यसअघि, नेपालले सुरुका ४ ओभर राम्रो ब्याटिङ गरे पनि त्यसपछि नेपाली इनिङ निकै सुस्त रह्यो । कप्तान रोहितले सम्हालिँदै १०९ रनको पारी खेल्दा असिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए ।

युएईका लागि जाहिद अलीले ४, जुनैद सिद्दिकी ३ र मोहम्मद रसिद र हैदर अलीले १–१ विकेट लिएका थिए ।
लिग–२ अन्तर्गत नेपालले युएईमा अमेरिका र युएई सम्मिलित यो त्रिकोणीय श्रृंखला खेल्दै छ।

नेपालको यो लगातार दोस्रो हार हो । यसअघि अमेरिकासँग पनि नेपालले पराजय भोगेको थियो ।  अंक तालिकाको पुछारमा रहेको युएईसँग पनि यसरी फराकिलो हार भोगेपछि नेपालका लागि झन् चुनौती थपिएको छ ।  जारी त्रिकोणीय श्रृंखलामा नेपालले युएई र अमेरिकासँग १–१ खेल खेल्ने छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.