फाफ डुप्लेसीले विराटनगरबाट एनपीएल खेल्ने

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १४, शुक्रबार १७:२६

काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

टोलीले शुक्रबार सामाजिक सञ्जालमार्फत डुप्लेसी अनुबन्ध भएको जनाएको हो । यसअघि दिइएका हिन्टमा फाफ खेल्नेबारे चर्चा भएपनि तेस्रो हिन्टमा भने एबी डिभिलियर्सको फोटो पनि राखेर केही अलमल पारिएको थियो । चौथो हिन्टमा भने फाफले आईपीएलमा लखनउविरुद्ध खेल्दा प्रहार गरेको विशाल छक्कालाई देखाइएको छ, जहाँबाट फाफ नै उक्त खेलाडी भएको कुरा बुझिन्छ ।

अन्तत: फाफ डुप्लेसी नै अनुबन्ध भएको विराटनगरले आधिकारिक रूपमा जानकारी दिएको हो । उनले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् । त्यस्तै समग्र टी-२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन् । उनी विश्वका उत्कृष्ट फिल्डरमध्ये एक हुन् । उनले समग्र टी-२०मा २११ क्याच लिएका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.