
काठमाडौं । भक्तपुरको सानो ठिमीस्थित बाल सुधार गृहबाट बन्दीहरू आइतबार दिउँसो २० जना फरार भएका छन् ।
सुधार गृहको ढोका फोडेर २० जना बन्दी फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार भएका मध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको छ ।
फरार ५ जनाको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । सुधार गृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधार गृह भने पनि युवाहरूलाई समेत बन्दीका रूपमा त्यही राख्न थालेपछि सुधार गृहमा झडप र तोडफोड हुँदै आएको छ ।

























