
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार जाँदैछन् । आज (सोमबार) बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार जान लागेका हुन् ।
‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्ने जनाइएको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो ।

























