अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १७, सोमबार ०८:१६
चीनमा भूकम्पको धक्का महसुस

काठमाडौं । अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ ।

Advertisement

स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार   भूकम्पको म्याग्निच्युड ६.३ रहेको छ । एजेन्सीले यसबाट ठूलो संख्यामा हताहत हुनसक्ने चेतावनी दिएको छ ।

यद्यपि, स्थानीय अधिकारीहरूले हालसम्म कुनै पनि हताहतको खबर दिएका छैनन् । मजार–ए–शरीफ राजधानी रहेको बाल्ख प्रान्तका तालिबान प्रवक्ताले स्थानीय समयअनुसार राति करिब २ बजे सामाकि संजाल ‘एक्स’मा एक पोस्ट लेख्दै प्रान्तका सबै जिल्लाहरूबाट सामान्य चोटपटक र सतही क्षतिका रिपोर्टहरू प्राप्त भएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×