
विराटनगर । एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि हुँदैछ ।
शिवसताक्षीको दुधे रंगशालामा आज हुने उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस र काठमाडौंको चर्च ब्वाइज युनाइटेडकाे महिला टाेलीबीच हुनेछ ।
महिला गोल्डकप फुटबल प्रतियोगिता झापामा पहिलो पटक आयोजना हुन लागेको हो । कात्तिक २४ गतेसम्म हुने प्रतियोगितामा नेपालको ३ विभागीय टोली, ‘ए’ क्लबका साथै भारत सिक्किमको एउटा क्लबसहित ८ टोलीको सहभागिता रहेको छ ।
दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्ने छ । तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।
चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रुपैयाँ पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

























