स्रोत नखुलेको २८ लाख रुपैयाँसहित २ भारतीय पक्राउ

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १७, सोमबार १३:३६

काठमाडौं । स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित कैलालीको धनगढीबाट दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा आइतबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र सोही ठाउँका २९ वर्षीय सागर गुप्ता छन् । उनीहरूले प्रयोग गरिरहेको भारतीय नम्बर प्लेट यूपी ३१ सीएन ११७५ को कार जाँच गर्दा २८ लाख ३ सय ५० नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद रकम र कारसहित दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.