इलाममा पिकअप गाडी दुर्घटना, ४ जना घाइते

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १८, मंगलबार १६:०३

विराटनगर । इलामको माङ्सेबुङ गाउँपालिका वडा २ र ३ को सिमाना तामाखोला नजिकै आज (मंगलबार) दिउँसो पिकअप गाडी दुर्घटना भएको छ ।

झापाको बिर्तामोडबाट गजुरमुखी धाम मेला बजार भर्न जाँदै गरेका यात्रु बोकेको मे १ ज १३१६ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो ।

स्थानीय भेषराज भटुटराईका अनुसार दुर्घटनामा घाइते भएका ४ जनालाई उपचारका लागि बिर्तामोडतिर पठाइएको छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.