तरकारी बजारमा प्रदेशसभा सञ्चालनकाे टुङ्गाे

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १८, मंगलबार १९:३०

विराटनगर । विराटनगरको गुद्री तरकारी बजार सार्नका लागि निर्मित ‘कटहरी फलफूल तथा कृषि थोक बजार’ अब कोशी प्रदेशसभा र सचिवालयको नयाँ थलो बन्ने भएको  छ ।

‘जेनजी आन्दोलन’का क्रममा भएको आगजनीले प्रदेशसभा भवन र सचिवालय ध्वस्त भएपछि बजारमा सार्ने तयारी भएकाे हाे ।

कटहरी गाउँपालिका १ जम्टाेकीमा १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँमा निर्मित उक्त संरचना निःशुल्क रूपमा प्रदेशसभा सञ्चालनका लागि दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष देवराज चाैधरीले जानकारी दिए ।

यसअघि यो बजार सञ्चालन हुन सकेको थिएन, किनभने तत्कालीन कांग्रेस नेता तथा विराटनगरका हालका मेयर नागेश कोइरालाले विराटनगरका गुद्री व्यापारीहरूलाई बसपार्क पछाडि आफ्नै जग्गामा भाडामा राखेपछि गुद्रीका व्यापारी तरकारी बजारमा गएनन् ।

कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कृषि बजारको प्रशासनिक भवनमा सचिवालय र छुट्टै भवनमा प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्नेछ र आवश्यक बजेट पनि छुट्याउनेछ ।  कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीका अनुसार प्रदेशसभाको भवन टुङ्गो लागेपछि बजारलाई व्यवस्थित गरिनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.