न्यूनतम पारिश्रमिक माग्दै नोबेल अस्पतालका नर्सहरू आन्दोलनमा

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १९, बुधबार ११:१३

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरूले न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै पुनः आन्दोलन सुरु गरेका छन् ।

आज (बुधबार) बिहान १० बजेदेखि अस्पतालको क्यान्टिन अगाडिको प्राङ्गणमा करिब ५५ जना नर्सहरू भेला भएका थिए । यमुना दाहाल, सृष्टि सरदार, सुप्रभा ढकाल, सन्तोष मन्डल र रुपा नेपाली लगायतका नर्सहरूको नेतृत्वमा यो प्रदर्शन गरिएको हो ।

नर्सहरूको समूहले अस्पतालको न्युरो वार्ड लगायत अन्य वार्डहरू हुँदै मूल गेट अगाडिसम्म पुगी प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । उनीहरूले ‘हामी न्याय चाहन्छौं’, ‘महङ्गो अस्पताल सस्तो नर्स’, ‘नर्स पनि मानव हो, दानव जस्तो व्यवहार नगर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

नर्सहरूले यसअघि पनि आफ्ना मागहरूका सम्बन्धमा आन्दोलन गरे पनि अस्पताल प्रशासनले सुनुवाइ नगरेको भन्दै अहिले ‘पेन डाउन’ कार्यक्रम गरेका हुन् ।

विरोध कार्यक्रमका कारण अस्पतालको ओपिडी सेवा र अन्य बिरामी सेवामा प्रभाव पर्ने देखिएको छ । आकस्मिक सेवामा भने कुनै अवरोध नभएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.